काठमाडाैं,१७ साउन
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुन प्रकरणकाे जरैसम्म पुगेर छानविन गर्ने र दाेषी सबैलाई कारवाहीकाे दायरामा ल्याउने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी पदाधिकारी बैठकमा उनले सुनप्रकरण लगायत भ्रष्टाचार प्रकरण र अनियमिततालाई अन्तिम निष्कर्षमा पुर्याउन सरकार दृढ रहेको स्पष्ट पारे ।
सुन प्रकरणलाई निष्कर्षमा पुर्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए।
यही साउन ३ गते राजश्व अनुसन्धान विभागले अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल सुन बरामद गरेका थियो। हाल सरकारले सो सम्बन्धमा अनुसन्धान गरिरहेको छ । यस प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् ।