रविले ल्याए महिलाका लागी निःशुल्क ‘ब्लुबस’

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,१७ साउन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सङ्घीय सांसद रवि लामिछानेले महिलाका लागि चितवन २ आजदेखि निःशुल्क ‘ब्लुबस’ सञ्चालनमा ल्याएको जानकारी दिए ।

उक्त क्षेत्रका महिलाले निःशुल्क सेवा पाउनेगरी बुधबार ‘ब्लु बस’ सेवा शुभारम्भ गरिएको छ। निलो रङको  उक्त बस उनको निर्वाचन क्षेत्र शक्तिखोरबाट सुरु भएर भरतपुरका विभिन्न रूटहरू चल्ने बताइएको छ।

सेवा लिनका लागि पहिलो चरणमा पाँच सय जना महिलाहरूको यातायात कार्ड बनाइएको छ। बसमा महिलाहरूका लागि आवश्यक पर्ने स्यानिटरी प्याडलगायत रहने उनले बताएका छन्। त्यसैगरी महिलाले गुनासो आफूलाई लेखि पठाउन सूचना बक्स पनि  राखिएको बताए।

निर्वाचन क्षेत्रका ६५ वर्षभन्दा माथिका वृद्धवृद्धाका लागि निःशुल्क मोबाइल क्लिनिक चलाउने पनि घोषणा गरेका छन्। निलो रङकै एम्बुलेन्सले एक एमबिबिएस डाक्टरसहित घुम्ति सेवा दिने उनले बताएका छन्। त्यसको सुरुवात पनि बुधबार नै गरिएको छ।

‘स्वस्थ्य चितवन’ अभियान सञ्चालन गर्ने जानकारी दिँदै निर्वाचन क्षेत्र नं २ का नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराउनेसमेत उनले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको