अधिवक्ता शीतललाई कारवाही गर्न माग गर्दै काठमाडौं प्रहरी परिसर कार्यालयमाथि ढुंगामुढा

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,१७ साउन

काठमाडौं प्रहरी परिसर कार्यालयमाथि ढुंगामुढा भएको छ । अधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउको माग गर्दै तामाङ समूदायले प्रहरी कार्यालयको गेटमाथिनै ढुंगामुढा गरेका हुन् ।

पाण्डेले गत हप्ता एक टेलिभिजन कार्यक्रममा मगर,तामाङलगायतका जातीमा दाजु बहिनीबीच विवाह हुने भन्दै विवादास्पद अभिव्यक्ति दिएकी थिईन् । उक्त अभिव्यक्तिपछि विवादित बनेकी पाण्डेविरुद्ध प्रहरी पक्राउ पूर्जी जारी गरेपनि हाल उनी फरार रहेकी छन् ।

पक्राउ पुर्जी जारी भएर पनि पक्राउ नगरेकाे भन्दै बुधबार दिउँसाे प्रदर्शनकारीहरूले काठमाडाैं प्रहरी परिसर टेकुमा प्रदर्शन गर्दै ढुंगामुढा गरेका छन्।

प्रहरीले ढुंगामुढा गर्ने १० जनाभन्दा बढि व्यक्तिलाइ पक्राउ गरेकाे छ। सहकर्मी पक्राउ परेपछि उनीहरू झन् आक्राेशित बनेका थिए । भिड तितरवितर पार्न प्रहरीले ३ राउण्ड अश्रुग्यास प्रहार गर्नुका साथै लाठी चार्ज गरेकाे थियाे ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको