काठमाडाैं,१७ साउन
प्रतिनिधिसभा सदस्य डा.सुनिल शर्माले माइती नेपाललाई एम्बुलेन्स प्रदान गर्ने घोषणा गरेका छन् ।
मानव बेचविखन विरुद्धको विश्व दिवसको अवसरमा माइती नेपालले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद शर्माले यस्तो घोषणा गरेका हुन् ।
सिएनएन हिरोसमेत बनिसकेकी अनुराधा कोइरालाले सञ्चालन गरेको माइती नेपालले महिला तथा बालबालिका बेचविखन विरुद्ध काम गर्दै आएको छ । सो संस्थाले एम्बुलेन्सको स्वीकृति लिएको ७२ घण्टाभित्र एम्बुलेन्स खरिद गरिदिने सांसद शर्माले बताए ।
माेरङको क्षेत्र नं.३ बाट निर्वाचित सांसद शर्माले यसअघि पनि विभिन्न सामाजिक संघ संस्थालाई एक दर्जन बढी एम्बुलेन्स दिइसकेका छन्।