लामिछानेले महिलाका लागि निःशुल्क ब्लु बस चलाएर सस्तो राजनीति गर्न खोजे : शंकर पोखरेल

समाचार शेयर गर्नुहोस्

काठमाडौं,१८ साउन

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन–२ मा महिलाका लागि निःशुल्क ब्लु बस चलाएर सस्तो राजनीति गर्न टिप्पणी गरेका छन् ।उनले यो कुराले हामी कता जान खोज्दैछौँ भन्ने प्रश्न उब्जिएको पनि उल्लेख गरेका छन् ।

‘पञ्चायतकालमा म विद्यार्थी राजनीतिका शिलशिलामा पहिलो पटक चितवन पुग्दा महिलाहरूले ठूलो संख्यामा साइकल चलाएर स्कुल कलेज आएको देख्दा पुरुष र महिलाको बीचको सामाजिक विभेद अन्त्य गर्न सकिन्छ भन्ने विश्वासको आधार बलियो बनाउने मौका पाएको थिए,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर आज त्यही चितवनमा नयाँ भनिने पार्टीले महिलाका लागि मात्र भनेर सार्वजनिक यातायातको सुरुवात गरेको समाचार सुन्दा हामी कता जान खोज्दैछौँ भन्ने प्रश्न जागृत भएको छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको