काठमाडौं, १९ साउन
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ दाहालले सुन तस्करी प्रकरणमा मुछिएका नेताहरूले आफू दोषी छैन भनेर पन्छिन नमिल्ने बताएका छन् ।
जारी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो धारणा राख्ने क्रममा दाहालले भने ‘दोषी छैन भनेर पन्छिन मिल्दैन । बरु छानबिनका लागि उहाँले सीआईबीमा निवेदन दिनुपर्छ’,