काठमाडौं,२१ साउन
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीलाई नेपाली कांग्रेस र माओवादी केन्द्रले मतदातामा सिमित बनाईदिएको गुनासो गरेका छन् ।
शनिबारदेखि जारी रहेको माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटि बैठकमा १६ पृष्ठको दस्तावेज प्रस्तुत गर्दै उनले पार्टी नेपाली कांग्रेस र नेकपा माओवादीको पिछलग्गु बनेको भन्दै चर्को असन्तुष्टि व्यक्त गरेका छन्।
‘आखिर हाम्रो पार्टी दक्षिणपंथी र माओवादीको पिछलग्गु जस्तो भएर अघि बड्यो । नेपाली कांग्रेस र माओवादी दुवैले हाम्रो पार्टीलाई देशैभरि धोखा दिए । हाम्रो पार्टीलाई मतदाता मात्र बनाए । त्यसले हाम्रो पार्टीको बन्दै गरेको क्रान्तिकारी छवी र साख नराम्ररी गिराई दियो। कार्यकर्ताहरु देशव्यापी रुपमा निरास भए । त्यसपछि “बरु एमाले तिरै जाने” भन्ने चिंतनको विकास हुन थाल्यो र पलायन बढदै गयो’ खनालले भनेका छन् ।-