काठमाडौं,२२ साउन
राष्ट्रियसभामा प्रतिपक्ष नेकपा (एमाले)ले अवरोध गरेको छ ।
एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै अवरोध गरेको हो ।
राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले विरोधको कार्यक्रम परिवर्तन गरेर बैठक सञ्चालन गर्ने वातावरण बनाउन पटकपटक आग्रह गर्दा पनि एमाले सांसदले उठेर विरोध जनाइरहेका छन् ।