काठमाडौं,२३ साउन
सुतिरहेकी आमालाई छोराले लाठी प्रहार गरि हत्या गरेका छन् ।
जिल्लाको शारदा नगरपालिका–१३ माथिल्लो सल्यानचौरमा आफ्नै छोरा अन्दाजी २३ वर्षीय नविन भण्डारीले सुतिरहेकी ४८ वर्षीया शारदा (आमा)लाई लाठी प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार आज (मंगलबार) बिहान ४ बजेतिर सुतिरहेकै अवस्थामा आमाको टाउकोमा लाठीले हिर्काएपछि हत्या भएको हो।
हत्या गर्ने छोरालाई नियन्त्रणमा लिईएको छ । घटनास्थलमा प्रहरी टोली पुगेको र अनुसन्धान अघि बढाएको प्रहरीको भनाइ छ ।