संसद् अवरोध अन्त्य गर्ने विषयमा तीन दलका नेताको बैठक सुरू

समाचार शेयर गर्नुहोस्

काठमाडौं,२३ साउन

संसद् अवरोध अन्त्य गर्ने विषयमा तीन दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुखसहित प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली तथा यी दलका प्रमुख सचेतकहरूबीच छलफल भइरहेको जनाइएको छ ।

एक क्वीनटल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै एमालेले संघीय संसद् अन्तर्गतका दुवै सदन अवरुद्ध गरिरहेको छ । एमालेको मागप्रति सरकार सकारात्मक भने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको