काठमाडौं,२४ साउन
राष्ट्रिय सभाको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ ।
अवरोधका कारण बुधबारका लागि तय भएका कार्यसूची अगाडि बढ्न सकेन। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अर्को बैठक यही साउन २६ गते बिहान ११ बजेका लागि बोलाएका छन् ।
बुधबारको राष्ट्रियसभा बैठकमा सांसदहरुले समसामयिक विषयमा भने बोलेका थिए । समसामयिक विषयमा सांसदहरुले बोलेपछि अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभालाई नियमित कार्यसूचीमा लगेपछि एमाले सांसदहरू उठेर विरोध जनाएका थिए।
साउन २ मा राजश्व विभागले क्विन्टल सुन बरामद गरेको विषयमा उच्चस्तरीय छानबिन समिति माग गर्दै एमालेले संसद् अवरोध गर्दै आएको छ । उक्त समिति नबनाएसम्म संसद् चल्न नदिने एमाले सांसदहरुले जनाएको छ।