राष्ट्रिय एकताले मात्रै देश अघि बढ्न सक्त : केपी ओली

समाचार शेयर गर्नुहोस्

काठमाडौं,२५ साउन

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकताले मात्रै देश अघि बढ्न सक्ने बताएका छन्।

विश्व आदिवासी दिवसको अवसरमा च्यासलमा बिहीबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

“हामीमा विविधता छ । यर्थाथ हो । विविधतामा समाजिक सद्भाव, सामाजिक सद्भावमा आधारित एकता,” ओलीले भने, “राष्ट्रिय एकताले मात्रै देशको रक्षा हुन्छ देशको विकास हुन्छ ।”

यस्तै उनले पहिचान देशको हितका लागि हुनुपर्ने बताए। पहिचानको मुद्दा विभेद, विद्वेषका लागि नभएर मित्रता बढाउनका लागि भएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको