अवरूद्ध संसद समयको सेवा सुविधा नलिने भन्दै रास्वपाले बुझायो सभामुखलाई पत्र

समाचार शेयर गर्नुहोस्

काठमाडौं,२६ साउन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिक द्वन्द्वका कारण अवरूद्ध संसदको समयको कुनै पनि सेवा सुविधा आफ्ना पार्टीका सांसदले नलिने बताएको छ।

शुक्रबार सभामुख देवराज घिमिरेलाई पत्र बुझाउँदै रास्वपा संसदीय दलका नेता रवि लामिछानेले हालसम्ममा पाएको भए पनि त्यसको उपयुक्त मिलान गरिदिने व्यवस्थाका लागि समेत आग्रह गरे।

साउन १० यता संसदका दुवै सदनकाे बैठक प्रमुख विपक्षी एमालेकाे अवराेधका कारण स्थगित हुँदै आएका छन्। आजका दुवै सदनकाे बैठक पनि एमालेकाे अवराेधका कारण चल्न नसकेपछि रास्वपाले सभामुख घिमिरेलाई पत्र बुझाएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *