काठमाडौं,२६ साउन
नेकपा एमालेकी सांसद ज्वाला शाहले ललिता निवास जग्गा प्रकरणमा छानबिन गर्नुपर्ने माधव नेपाललाई सरकारले विदेश भगाएको आरोप लगाएकी छन् ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्व कृषिमन्त्रीसमेत रहेकी साहले ललिता निवासको जग्गा प्रकरणमा सर्वोच्च अदालतले छानविन गर्न माग गरेकै भोलिपल्ट सरकार स्वयंले विदेश भगाएको दाबी गरिन्।
सर्वोच्च अदालतको आदेशपछि प्रहरीले तत्कालै त्यससँग जोडिएका दुई पूर्वप्रधानमन्त्रीसँग बयान लिने अनुमान थियो। तर आदेश आएको भोलि पल्टै नेता नेपाल युरोप उडेका थिए।