टाउको फेला परेको दुई दिनपछि युवकको शरीर फेला

समाचार शेयर गर्नुहोस्

काठमाडौं, २८ साउन

सर्लाहीमा पुलमुनि भेटिएको युवकको टाउकाको पहिचान खुलेको छ । मृतक भारतको सीतामाढी मनियारीका २३ वर्षीय गोलु भन्ने अभिषेक राज रहेको प्रहरीले जनाएको छ ।

उनको टाउको काटिएको शरीर शनिबार साँझ लालबन्दी नगरपालिका–६ स्थित फुटबल चौरदेखि पूर्वतर्फको जंगलमा फेला परेको थियो।बिहीबार बिहान हरिवन नगरपालिका–४, सासापुरस्थित लखन्देही पुलदेखि करिब ५० मिटर दक्षिण अज्ञात युवकको टाउको मात्रै फेला परेको थियो ।

अपराधिक गिरोहबाट हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । अभिषेक अन्य साथीसँगै घुम्नका लागि गत साउन २० गते सर्लाही आएका थिए । प्रहरीका अनुसार उनका साथीहरु अहिले सम्पर्कविहिन छन् ।

खोलाको बगरमा शरीर बिनाको घाँटी रेटिएको अवस्थामा टाउको मात्र देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको