काठमाडौं,२९ साउन
राष्ट्रपति रामचन्द्र पौडेलले जनमत पार्टीका सांसद अनितादेवी साहलाई मन्त्री पदको शपथ गराएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको पद तथा गोपनीयता शपथ लिएकी हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट मन्त्री बन्नुभएका अमनलाल मोदीलाई पार्टीले फिर्ता बोलाएसँगै जनमत पार्टीकी सांसद अनितादेवी साह मन्त्रीमा नियुक्त हुनुभएको हो ।
शपथग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो।