काठमाडौं,२९ साउन
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार काण्डका सबै फाइल खोल्नुपर्ने बताएका छन्। यी काण्डहरूमा संलग्न देखिएमा जुनसुकै पार्टीका भए पनि नेतादेखि सांसद कसैलाई छाड्न नहुने थापाले बताए।
कांग्रेस संसदीय दलको बैठकमा सोमबार धारणा राख्दै महामन्त्री थापाले भने, ‘हाम्रो स्मृतिमा रहेका जति पनि ठूला काण्डहरु छन्, ती सबैको फाइल खोलौं, अनुसन्धान गर्दा निर्दोषमाथि अन्याय नहोस्, तर दोषी छ भने जुनसुकै दलको होस्, नेता होस्, नाता होस्, सांसद होस् मन्त्री होस् कसैले पनि छुट पाउनु हुँदैन ।’
महामन्त्री थापाले सुन प्रकरणमा नाम आइरहेको माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरामाथि पनि प्रहरीले अनुसन्धान गर्नुपर्ने बताए।