सुन प्रकरणमा मेरो नाम आएछ भने मलाईपनि हत्कडी लगाएर थुने हुन्छ : प्रधानमन्त्री प्रचण्ड

समाचार शेयर गर्नुहोस्

काठमाडौं,२९ साउन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानको क्रममा नाम जोडिएर आए आफ्नो पार्टी मात्र होइन, आफ्नै परिवारका सदस्यलाई पनि नछाड्ने बताएका छन् ।

सोमबार नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेश भेलामा बोल्दै प्रधामन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्।

‘महराजीको र उहाँका परिवारका सदस्यहरूको बारेमा मिडियामा आइरहेकै छ, सरकारले कारबाही गर्न भनेको छ।’, उनको भनाइलाई उदृत गर्दै माओवादी केन्द्रका एक नेताले भने, ‘खोज्दै जाँदा मेरो नाम आएछ भने मलाई पनि हत्कडी लगाएर थुने हुन्छ भनेको छु।’

विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा मुछिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *