काठमाडौं,३० साउन
राष्ट्रियसभाको बैठक स्थगित भएको छ।
यही साउन ३१ गते बुधबार दिउँसो १ बजे बस्ने तय भएको बैठक मंगलबार सूचना निकालेर स्थगित गरिएको हो।
सत्तापक्ष र प्रमुख प्रतिपक्षको आग्रहमा भदौ ५ गते मंगलबार दिउँसो १ बजेर १ मिनेटका लागि सारिएको संघीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए।