ओली भन्छन् : संसद विघटन नगरेको भए हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो

समाचार शेयर गर्नुहोस्

काठमाडौं, ३० साउन,

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०७७ पुस ५ गते संसद् विघटन नगरेको भए पार्टी ध्वस्त हुने बताएका छन्।

आज (मङ्गलबार) बागमती प्रदेश कमिटीलाई प्रशिक्षण दिँदै अध्यक्ष ओलीले संसद विघटन गरेर राम्रो गरेको टिप्पणी गरेका छन्।

अध्यक्ष ओलीले भने,‘हामीले पुस ५ गते संसद् विघटन गर्‍यौं। हामीले ठीक ठानेर गर्‍यौं। ठीक भनेर गर्‍यौं। ठीक थियो र गर्‍यौं। नगरी नहुने थियो र गर्‍यौं। विलकुलै समसामयिक कदम चाल्यौं। यो नगरेको भए हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो। ध्वस्त पार्ने षड्यन्त्र भएको थियो। हामीलाई झुन्ड्याउन जुन डोरी उनीहरूले तयार गरेका थिए। त्यसलाई हामीले छिनालिदियौं। पुस ५ गतेको कदम भनेको त्यही हो। हामीलाई मार्न जुन डोरी बनाएका थिए, त्यो डोरी हामीहरूले काटिदियौं।’

त्यस्तै,षड्यन्त्र छिनेपछि तत्कालीन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरू आत्तिएको उनले बताए। उनीहरूलाई पहिल्यैदेखि प्रतिनिधि सभा भंग हुने डर रहेको पनि अध्यक्ष ओलीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *