पूर्वी चितवनबाट र पश्चिम चितवनबाट आउने सवारी साधनहरूलाई चौबिसकोठी सम्म आउन दिइने भएको छ ।
पूर्वचितवनका जनप्रतिनिधि, यातायात व्यवसायी र राजनीतिक दलहरुले पूर्वचितवनबाट आउने सवारीसाधनलाई केन्द्रीय बस पार्कमा नै रोकेर नारायणगढ आउन नदिएको भन्दै विरोध गर्दै आएका थिए । भरतपुरकी मेयर रेनु दाहालले सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै समग्र महानगर क्षेत्र भित्रका सवारी साधनहरूको उचित व्यवस्थापनका लागि सम्बन्धित सरोकारवाला पक्षसमेत रहने गरी गठन भएको प्राविधिक कार्यदलले सुझाव प्रतिवेदन पेस गरे पश्चात सो निर्णय भएको बताएकी छन् ।