Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

दुर्गा प्रसाईं काठमाडौं केन्द्रित हुँदा, पूर्वराजा ज्ञानेन्द्र शाह र लिङ्देन झापामा व्यस्त हुने

समाचार शेयर गर्नुहोस्

२६ कार्तिक । मेडिकल व्यवसायी दुर्गा प्रसाईं यतिवेला व्यवस्था बदल्नको लागि निर्णायक आन्दोलनको तयारीमा रहेको चर्चा छ । प्रसाईंले नेतृत्व गर्ने आन्दोलनमा पूर्वराजा ज्ञानेन्द्र शाहको पनि साथ र समर्थन रहेको चर्चा हुने गरेको छ । यही सन्दर्भमा १२ बुँदे पक्षधरहरुको काठमाडौंमा बैठक बसेर आगामी चूनौतिबारे समिक्षासमेत भैसकेको छ ।

अहिले सञ्जालमा ‘एक जना दुर्गा प्रसाईंले नै हल्लाईदिने यो व्यवस्था कति कमजोर रहेछ’ भनेर टिकाटिप्पणी भैरहेको छ । ठूला दलका शीर्ष नेताहरुबीच व्यवस्थाविरुद्ध हुने आन्दोलनबारे एकमतको धारणा रहेको कुरा स्वयम प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक रुपमा बोल्नुको पछाडि प्रसाईंको आन्दोलनमा पूर्वराजा ज्ञानेन्द्रको साथ र समर्थन रहेको उनीहरुको बुझाई हो । नत्र सरकार नै डराउनुपर्ने अवस्था कसरी सिर्जना भयो ? अहिले यो विषय चर्चा बनेको छ ।

झापाको एक कार्यक्रममा पूर्वराजा शाहका परिवारका सदस्यहरुलाई एउटै मञ्चमा उभ्याएपछि प्रसाईंको मनोबल बढेको हो । तर, पूर्वराजा शाहको निकटता भने राप्रपासँग छन् । उनले राप्रपाका नेताहरुसँग निरन्तर भेटवार्ता गरिरहेको चर्चा छ । हालै अमेरिका भ्रमणबाट स्वदेश फर्किएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पूर्वराजा शाहको घण्टौं लामो भलाकुसारी भएको बुझिएको छ ।

पूर्वराजाले प्रसाईंलाई भन्दा बढि नै महत्व लिङ्देनलाई दिएका छन् । प्रसाईंले आगामी मंसिर ७ गते काठमाडौंमा व्यवस्थाविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् । कतिपयले प्रसाईंको कार्यक्रममा कति मान्छे आउलान् ? भनेर अहिलेदेखि नै चर्चा तथा परिचर्चा गर्न थालेका छन् ।

तर, पूर्वराजा ज्ञानेन्द्र भने मंसिर ९ गते झापाको कार्यक्रममा जाने भएका छन् । मंसिर ९ गते हुने उक्त कार्यक्रमको लागि पूर्वराजा दुई दिनअघि नै झापा पुग्ने बताईएको छ । झापाको कार्यक्रम भव्य बनाउनको लागि लिङ्देनलाई निर्मल निवासको निर्देशन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको