चितवन, भरतपुर
हिजो पारस बसपार्क चोक मा टायर बालेर बिरोध प्रर्दशन गरेको राष्ट्र, राष्ट्रियता, धर्म, सस्कृति र नागरिक बचाउ महाअभियान चितवन ले २ जना युवा लाई राज्यले नै गोलि हानेर मारेको भन्दै बिरोध स्वरुप आज पनि चितवनमा मशाल जुलुस निकालेको छ ।
आज साँझ ५:३० बजे चितवन को नारायणगढ लायन्स चोक बाट सहिद चोक सम्म सरकारको र ब्यबस्था को बिरोधका नारा लगाउदै राँको बालेर बिरोध प्रर्दशन गरिएको छ ।
उक्त कार्यक्रममा मन्तब्य राख्नुहुदै चितवन नागरिक बचाउ महाअभियान का अध्यक्ष्य मेगराज पौडेल ले राज्य निरंकुश र फासिबाद तर्फ लागेको बताएका छन् । बिश्वमा जहा पनि आन्दोलन हरुमा नियन्त्रणको निम्ति विभिन्न चरणका स्थिति हेरेर चरणबद्ध नियन्त्रण का कार्य हुनुपर्ने मा त्यसो नभै सिधै गोलि हानिएको बताए ।
उनले थप्दै भने बिश्वभर कहिकतै पनि भिड र आन्दोलन हुदैमा सिधै गोलि चलाईदैन भि ड नियन्त्रण मा छैन भने पहिले निर्देशन दिने गरिन्छ,
त्यति गर्दा नि भिड नियन्त्रण गर्न सकेन भने पानीको फोहोरा हान्ने गरिन्छ,
अझै पनि भिड नियन्त्रण गर्न सकेन भने अश्रु ग्याँस प्रयोग गरिन्छन्, अझै
त्यति गर्दा नि भिड नियन्त्रण गर्न सकेन भने लाठी चार्ज गर्ने गरिन्छ त्यो पनि घोडा मुनि हड्डी जोगाएर हानिन्छ ,
त्यति गर्दा नि भिड नियन्त्रण गर्न सकेन भने त्यो भिडले अर्को भिड सँग झडप गर्ने अवस्था आयो वा भिड हिंस्रक बन्ने देखियो वा भयो भन्ने लाग्यो भने घोडा मुनि हड्डी जोगाएर रबरको गोली हान्ने गरिन्छ।
त्यसले पनि भएन अझै भिड उग्र बन्यो सम्हाल्न सकेन भने गोलि चलाउने हो त्यो पनि घोडा मुनि हड्डी जोगाएर हान्ने हो तर यहा सिधै गोलि हानिएको छ । अपराध तन्त्र को चरम उत्कर्षमा देश पुगेको छ भन्दै त्यो मन्त्री प्रकाश ज्वाला लाई त्यो आन्दोलन भैरहेको स्थान जानै पर्दैन थियो तर सरकारले पिसियो लाई मात्र निलम्बन गरेछ। यो सरासर फासिबादी सरकार हो । भन्दै सरकार बिरुद्ध आगो ओकलेका थिए।
साथै आफ्नै देशमा युवाले रोजगार नपाउने युवाले परिक्षा दिएर कोरिया जान्छु जाँच गर्न दे भन्दा कलम दिनु पर्ने मा गोलि हान्ने? सरकार निरकुंश सरकार हो यो ब्यबस्था मा यस्तै सरकार आउछन् जनताको हुर्मत लिन्छन् भन्दै सरकार बिरुद्ध आगो ओकलेका थिए ।
उक्त कार्यक्रममा चितवन का विभिन्न क्षेत्रका बुद्दिजिबी, बौद्दिक ब्यक्तित्व र धार्मिक संगठनका पदाधिकारीहरु को समेत उपस्थिती रहेको भन्दै सबैलाई हार्दिक आभार प्रकट गर्दै नागरिक बचाउ महाअभियान चितवन का उपाध्यक्ष मिन श्रेष्ठ ले कार्यक्रम समापन गरेका थिए ।