बालेनले बिकल्प दिएर नै न्युरोडको पार्किङ हटाए, धरहरा सँगैको पार्किङ निःशुल्क

समाचार शेयर गर्नुहोस्

काठमाडौँ ।

धरहराकोसँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा भोलिदेखि निःशुल्क पार्किङ् सेवा उपलब्ध हुने भएको छ । काठमाडौँ महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ् निषेध गरेपछि सवारी चालकहरुलाई सहज पार्किङ् स्थल उपलब्ध गराउने क्रममा यो सेवा दिन लागिएको हो ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डे भन्नुहुन्छ, ‘यस अघि काठमाडौँ टावर (साबिक पुरानो बसपार्क) मा निःशुल्क पार्किङ् सेवा उपलब्ध गराइसकिएको छ । सरोकार वालासँगको समन्वयमा भोलिदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलब्ध गराउन लागेका हौँ ।’

पाण्डेका अनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ । सहिद गेटबाट नयाँ सडक जाँदा बायाँ पट्टि काठमाडौँ मलबाट खिचापोखरी तर्फ लाग्ने सडकबाट पार्किङ गर्ने ठाउँमा पुगिन्छ ।

गएको दशैँदेखि छठ पर्वसम्मको अवधिमा वडा कार्यालयले साझेदार र स्थानीय क्लवहरुसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो ।

संरचनागत रुपमा, यो ठाउँ नेपालकै ठूलो पार्किङ संरचना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *