अन्तरास्ट्रिय शक्ति केन्द्रको आँखामा दुर्गा प्रसाई इन्डिया, चिन र युरोप सम्म अभियान को चर्चा

समाचार शेयर गर्नुहोस्

काठमाडौंं– मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईको कार्यक्रमलाई भारत र चीन सहितका अन्तर्राष्ट्रिय शक्तिले चासो दिन थालेका छन्।

फागुन १ गते हुने राष्ट्रवादी आन्दोलनमा अन्तर्राष्ट्रिय शक्तिले पनि चासो दिन थालेको पाइएको छ। गत मंसिरको आन्दोलनको अन्तर्राष्ट्रिय मिडियाले चासोमा राखेर रिपोटिङ गरेका थिए।

भारत र चीनले मात्र होइन, प्रसाईको महाअभियानलाई युरोपियन युनियन, अमेरिका र मध्यपुर्वका देशहरुले महत्व दिएर हेर्ने थालेका छन्। गत मंसिर ७ गते भएको आन्दोलनमा विदेशी मिडियाले पनि २०६२–६३ को जनआन्दोलनपछिको ठुलो शक्ति प्रदर्शन भनेर समाचार छापेका थिए।

प्रसाईको जनप्रदर्शनलाई अन्तर्राष्ट्रिय शक्तिले नयाँ र उदयमान शक्तिका रुपमा लिएका छन्। भने फागुन १ गतेको कार्यक्रमलाई पनि महत्व दिएर चासोमा राखेका छन्।

प्रसाईले राष्ट्रवादी, राष्ट्र, निमुखा, गरिब र भुँइमान्छेका लागि आन्दोलन गर्दै आएका छन्। उनको यो आन्दोलनलाई अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालिरहेका छन्। फागुन १ गते पनि प्रसाईको कार्यक्रमलाई शक्तिका रुपमा हेरिएको छ।

प्रसाईको गत मंसिर ७ मा गरेको अन्दोलनमा ७० हजारभन्दा बढी नागरिक भेला भएको थिए। उक्त आन्दोलनलाई नियन्त्रण गर्न सरकारले प्रसाईलाई नजरबन्दमा राख्नुपरेको थियो।

फागुन १ गतेको कार्यक्रममा पनि नागरिकको सहभागिता कस्तो हुन्छ भनेर सबैको चासोको विषय पनि बनेको छ। यति मात्र होइन प्रसाईको कार्यक्रम धेरै सवैसाधारण पनि सहभागि हुँदैछन्।

अहिले जनताले कुन पार्टी कस्तो भनेर थाहा पाइसकेको प्रसाईले बताएका छन्। उनले पार्टीभन्दा ठुलो देश भएका कारण पनि आफ्नो आन्दोलनमा जनताको साथ र समर्थन बढ्दै गएको बताका छन्।

आफु व्यक्तिको पछाडी भन्दा देश र जनताका लागि अन्तिम लडाईं लडिरहेको उनले बताए।

प्रसाईंले एक वर्षयता बैंकहरूको चर्को ब्याज कम गर्न, मेडिकल शिक्षा सुधार, वैदेशिक रोजगारी, जनताले गरिखाने वातावरण बनाउन सरकारसँग माग गर्दै आएका छन् । भने, उनले यीनै मागलाई सरकारमाथि दबाब बढाएर कार्यक्रम गर्दै आएका छन्।

प्रसाईको आन्दोलनपछि नेपालमा राजनीतिक स्थीति परिवर्तन हुने समेत बिष्लेषण भ इरहेका बेला अन्तर्राष्ट्रिय समुदायले समेत उनको कार्यक्रमलाई अर्थपुर्ण रुपमा हेर्दे छन्।

यो आफनो विषय नभएको र अहिलेको आन्दोलनलाई जनपक्षीय बिष्लेषण   भएको र राम्रो भएको प्रसाईको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको