लुम्बिनी प्रदेशमा एक लाखभन्दा बढी ‘लम्पी स्किन’ बाट सङ्क्रमित

समाचार शेयर गर्नुहोस्

काठमाडाैं, १० साउन

लुम्बिनी प्रदेशमा लम्पी स्किन रोगबाट पाँच हजार ८९ पशु मरेका छन् । त्यस्तै एक लाख १८ हजार पशु सङ्क्रमित भएका छन्।८८ हजार नौ सय ८४ सङ्क्रमित पशुकाे उपचार भैरहेको लुम्बिनी प्रदेश पशुपन्क्षी निर्देशनालयले जनाएकाे छ। बाँकी निको भएका छन् ।

थप पशु सङ्क्रमित हुन नदिन प्रदेश सरकारले जिल्लाका सबै स्वस्थ पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाउन शुरु गरेको छ । प्रदेश कृषि तथा पशुपक्षी मन्त्रालयले साउन ४ गतेदेखि सबै जिल्लामा खोप पठाएर लगाउन थालेको निर्देशनालयका निर्देशक डा‍ परबेज आलमले जानकारी दिनुभयाे ।

अहिले प्रदेश सरकारले आकस्मिक कोषको बजेटले खोप खरिद गरेर जिल्लामा पठाएको बताउँदै अबको व्यवस्थापनको लागि पाँच करोड रुपैयाँ माग गरिएको जनाएको छ । लुम्बिनीमा लम्पी स्किनको प्रकोपले पछिल्लो तीन महिनामा किसानले करोडौँ रुपैयाँको नोक्सान व्योहोरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको