काठमाडौं, १९ साउन
सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय कमिटीमा २२ जना महिला थप गरेको छ ।
केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला हुनैपर्ने विधानअनुसार उसले २२ जना महिला सदस्य थप गरेको हो । यससँगै माओवादी केन्द्रको केन्द्रीय कमिटि ४०७ सदस्यीय बनेको छ ।
थपिने सदस्यहरूमा आङदावा शेर्पा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गंगा खड्का, गिताकुमारी कँडेल चौलागाईं, गिता शाही र छमकुमारी खनाल छन् । यस्तै, दिलमाया बूढामगर, नीरमाया श्रीस, नीशा न्यौपाने, पार्वती थापा, भगवती तिवारी, मोतिकला चलाउने, लालकुमारी पुन, लिला शर्मा, सपना परियार पनि केन्द्रीय कमिटीमा थपिएका छन्। सीता दाहाल, सुशिला घिमिरे, सुशीला पौडल, सूर्यकुमारी विक र शरू चौधरी छन् ।
बुधबारदेखि सुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पेस गर्ने सांगठनिक प्रतिवेदनमा ३५ प्रतिशत महिला पुर्याउन २२ जना थप्ने प्रस्ताव गरिएको थियो।