काठमाण्डाै
इजरायलको किवुज अलुमिममा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परी मृत्यु भएका १० नेपालीको विवरण सार्वजनिक भएको छ । इजरायलस्थित नेपाली दूतावासले सार्वजनिक गरेको विवरण अनुसार धनुषाका आनन्द साह, कैलालीका नारायणप्रसाद न्यौपाने, दार्चुलाका लोकेन्द्र सिंह धामी, सुनसरीका राजेश कुमार स्वर्णकार, बझाङका गणेश कुमार नेपाली, दार्चुलाका दीपेश राज विष्ट, डोटीका राजन फुलारा र पदम थापाको मृत्यु भएको छ ।
यसैगरी सल्यानका प्रवेश भण्डारी र कैलालीका आशिष चौधरीको पनि मृत्यु भएको छ । दूतावासका अनुसार कञ्चनपुरका विपीन जोशीको अवस्था अज्ञात छ ।
‘लर्न एण्ड अर्न’ कार्यक्रममार्फत् गत महिना मात्रै उनीहरु इजरायल पुगेका थिए । मध्ये दक्षिणी इजरायलमा पर्ने किवुज अलुमिम फार्ममा प्रशिक्षणरत रहेकै बखत उनीहरु प्यालेस्टिनी हमास समूहको आक्रमणमा परेको दूतावासको भनाइ छ ।
घटनामा परेका १७ जनामध्ये विधान सेजुवाल, हिमांचल कट्टेल र प्रविण डाँगी स्थानीय अस्पतालमा उपचाररत छन् भने धन बहादुर चौधरी उपचारपछि डिस्चार्ज भएका छन् । यस्तै विरेन्द्र चौधरी र प्रमोद केसी सकुसल रहेका छन् ।
यसैबीच आक्रमण भएको क्षेत्रबाट केही नेपाली तेल अविव आइपुगेको दूतावासले जनाएको छ। उद्धारको पर्खाइमा रहेका बॅाकी नेपाली विद्यार्थी अनि श्रमिकहरूलाई समेत नेपाल सरकार, तालिम प्रदायक केन्द्र, रोजगारदाता र इजरायलवासी नेपाली समुदायसॅगको सहकार्यमा तुलनात्मक रुपमा बढी सुरक्षित स्थलतर्फ स्थानान्तरण गर्ने र आवश्यक चॅाजो मिलाएर नेपाल पठाउने दिशामा गृहकार्य भइरहेको दूतावासले जनाएको छ ।
हाल आफू रहेकै ठाउॅमा सुरक्षित रहॅदै रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुन समेत दूतावासले सम्बन्धित सबैलाई आह्वान गरेको छ ।
आक्रमणको मुख्य निशानामा परेको Kibbutz Alumim मा आवद्ध १७ जना नेपाली विद्यार्थीहरुको विवरणः
क्र.सं. राहदानी नं नाम थर अवस्था/स्थिति
१. BA0046756 आनन्द साह निधन
२. BA0050744 नारायण प्रसाद न्यौपाने निधन
३. PA1832545 लोकेन्द्र सिंह धामी निधन
४. BA0133670 राजेश कुमार स्वर्णकार निधन
५. PA1869615 गणेश कुमार नेपाली निधन
६. PA1773440 दिपेश राज विष्ट निधन
७. BA0017890 राजन फुलरा निधन
८. BA0017892 पदम थापा निधन
९. PA1560328 प्रवेश भण्डारी निधन
१०. PA1651757 आशिष चौधरी निधन
११. PA1848403 विपिन जोशी अज्ञात
१२. विधान सेजुवाल उपचाररत
१३. हिमांचल कट्टेल उपचाररत
१४. प्रविण डाँगी उपचाररत
१५. धन बहादुर चौधरी सकुशल (उपचार पश्चात्)
१६. विरेन्द्र चौधरी सकुशल
१७. प्रमोद के.सी. सकुशल