काठमाडाैं,९ साउन
जनमत पार्टीले पूर्ण केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।
बैठक साउन १८ गते बिहान ७ बजे काठमाडौंमा बस्ने पार्टीका प्रवक्ता शरदसिंह यादवले जानकारी दिए।
विभिन्न समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कार्यकारिणी समिति, राजनीतिक समितिसहित पूरै केन्द्रीय समितिको बैठक आह्वान गरिएको उनले जानकारी दिए ।