काठमाडाैं,१० साउन
प्रमुख प्रतिपक्षी एमालेको अवरोधले प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेले सुन तस्करी प्रकरणका मुख्य नाइके पक्राउ गर्नुपर्ने, गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै रोष्ट्रम घेरेर विरोध जनाएपछि बैठक स्थगित गरिएको हो ।
एमाले सांसदहरूले वेल घेराउ गरेपछि सभामुख देवराज घिमिरेले यही साउन १५ गते बस्ने गरी बैठक स्थगित गरेका छन् ।