काठमाडाैं,१२ साउन
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले समाजसेवामा फाइदा लिने मानिसहरू लागेर काम नहुने बताएका छन् ।
आज शुक्रवार काठमाडौँमा ५८ औँ रक्तसञ्चार सेवा दिवस समारोहलाई सम्बोधन गर्दै बस्नेतले भने,‘समाजसेवामा फाइदा लिने मानिसहरू लागेर काम छैन । जनसेवा गर्ने सङ्कल्प लिएकाहरू मात्रै यो क्षेत्रमा ठिक हुन्छ । त्यस कारण नेपाल रेडक्रस सोसाइटी वा रक्तसञ्चार केन्द्र जुनजुन क्षेत्रबाट भएपनि आजसम्म यो देशमा अप्ठ्यारो परेको बेलामा, रगत चाहिएको बेलामा दिँदै आएको छ । यो आफ्नो रगत दिएर अरूलाई बचाउने कुराको महत्त्व भनिरहनु पर्दैन । शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ भनेर लागेर हिँडेको मान्छे हुँ म।’
यस्तै,मन्त्री बस्नेतले कामहरू जति पवित्र हुन्छन् त्यत्ति धेरै गुनासो आउने बताए ।