काठमाडाैं,१४ साउन
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटर पुगेका छन् ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटरमा जारी भेटवार्तामा संसद अवरोध खुलाउनेबारे छलफल भईरहेको स्रोतले जनाएको छ ।
त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएको झण्डै सय किलो सुन काण्डको विषयलाई लिएर गत विहिबार प्रतिनिधि सभाको बैठकमा हंगामा मच्चिएपछि प्रतिनिधिसभाको बैठक साउन १५ गते बस्नेगरी स्थगित भएको थियो ।