काठमाडाैं,१४ साउन
नेकपा एमालेका सांसद योगेश भट्टराईले तत्काल सभापति चयन नगरे संसदीय समितिको बैठकमा नआउने चेतावनी दिएका छन् ।
आइतबार जारी लेखा समितिको बैठकमा बोल्दै एमाले नेता योगेश भट्टराईले समितिको सभापति चयन नएसम्म बैठकमा पार्टी उपस्थित नहुने बताएका हुन्।
भट्टराईले भने, ‘लेखा समितिको सभापति चयन नभए एमाले उपस्थित हुँदैन। गठबन्धनको झगडाको साक्षी हामीलाई बन्नु छैन। यस्तै भए अर्को बैठकमा हाम्रो पार्टी आउँदैन। सभामुखलाई पनि जानकारी दिन्छौँ। सहमति भए सहमति नत्र प्रक्रियाबाट सभापति चयन गरौंँ। लेखाबाहेक अरुमा हाम्रो दाबी छैन।’