काठमाडाैं,१६ साउन
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले इमानदारीबाट मात्रै देशले सफलता प्राप्त गर्ने बताउनुभएको छ।
मङ्गलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सबै नेताहरु बन्नुपर्ने जति इमानदार बन्न नसकेको बताउनुभएको हो। उहाँले देश बनाउने भावना जागृत भएमात्रै देश विकास हुने बताउनुभयो।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले धेरै ठुलो मेहनत गरेर जनताको अधिकार संविधानमा लेखेको भएता पनि अझै पूर्ण कार्यान्वयन हुन नसकेको गुनासो गरे।
उनले भने,‘जनतामा भेदभाव, अन्याय र अत्याचार भयो भने एकले अर्कालाई गरीब दलित विपन्न भनेर हेला गर्ने प्रवृत्ति भयो भने रहेसम्म देशको प्रगति गर्न सक्दैन् धेरै ठुलो मेहनत गरेर जनतालाई थुप्रै अधिकार दिनेगरी लेखिएको छ, संविधानको लेखाईमा कमी छैन् बनाए पनि त्यो संविधान लागु गर्ने कुरामा कमी छ ।’