काेशी प्रदेशका मुख्यमन्त्री थापाले लिए गाेपनीयताकाे शपथ

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,१७ साउन

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री थापालाई शपथ खुवाएका हुन्।

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा २६ दिनभित्रै दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

असार २१ मा मुख्यमन्त्री नियुक्त भएका थापा सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बनेका थिए । उक्त कदम संविधानविपरीत रहेको भन्दै सर्वोच्च अदालतले उनको नियुक्ति बदर गरिदिएको थियो ।

त्यसपछि मंगलबार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर उनको समर्थनमा थापा मुख्यमन्त्री बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको