काठमाडां,२१ साउन
नेकपा माओवादी केन्द्रका पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरिएको छ । आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरेका हुन् ।
अध्यक्ष प्रचण्डले उपमहासचिव जनार्दन शर्मालाई बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिएका छन् । यस्तै,उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेशको जिम्मेवारी दिइएको छ ।
यस्तै, सचिव लिलामणि पोखरेललाई कोशी प्रदेशको जिम्मेवारी दिइँदा सचिव देवेन्द्र पौडेलले मधेश प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन् ।
यसैगरी, लुम्बिनी प्रदेशको इन्चार्जमा मातृका यादव, कर्णालीको चन्द्रप्रकाश खनाल र सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी डिल्लीराम आचार्यले पाएका छन् ।
यसअघि माओवादी केन्द्रको कोशी प्रदेशको इन्चार्जको जिम्मेवारीमा राम कार्की, मधेश प्रदेशमा गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल र कर्णालीमा कालीबहादुर मल्ल थिए ।