काठमाडौँ ,२२ साउन
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदारसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
काठमाडौँ जिल्ला अदालतले आइतबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारसहित चार जना पूर्वमन्त्रीविरुद्ध पुर्जी जारी गरेको हो ।
तत्तकालिन पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व मन्त्रीहरूले ‘सरकारी लिखत किर्ते’ गरेर व्यक्तिको नाममा लैजान भूमिका खेलेको आरोप छ ।