संसदीय समितिमा मिल्यो भागबण्डा, रास्वपा र राप्रपाले नपाउने

समाचार शेयर गर्नुहोस्

काठमाडौं,२२ साउन

सत्ता पक्षले संसदीय समितिको भागबण्डा मिलाएको छ। नेकपा (माओवादी केन्द्र)को आज बसेको संसदीय दलको बैठकमा प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय समितिको भागबण्डा मिलेको जानकारी गराएका हुन्।

प्रचण्डले पार्टीमा जानकारी गराए अनुसार प्रतिपक्षी दल नेकपा एमालेसहित ६ दलले मात्र समितिको नेतृत्व पाउने भएका छन् । प्रचण्डले जानकारी गराएअनुसार कांग्रेसलाई ४, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई ३, माओवादी केन्द्रलाई २, नेकपा एसलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समिति परेको छ।

प्रचण्डले सुनाएको सहमति अनुसार नेतृत्व पाउमा प्रतिपक्षी दलहरु रास्वपा र राप्रपाले समितिको नेतृत्व नपाउने निश्चित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।