भट्टराईको प्रश्न : गृहमन्त्रीसँग बयान कसले लिन्छ?

समाचार शेयर गर्नुहोस्

काठमाडौँ,२३ साउन

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पटक-पटक अवरुद्ध गर्दै आएको प्रतिनिधिसभा बैठक मंगलबार सुरु भएको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ४ बजेपछि बैठक सुरु भएको हो ।

बैठकमा नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले गृहमन्त्रीले आफ्नै टेबलअघि रहेको सुन तस्करीको फाइल नदेखेपछि एमालेले उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेको बताएका छन् ।

नेता भट्टराईले भने, ‘सुन तस्करीका घटना भएको अहिलेमात्रै होइन, विगतमै पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भएको र त्यसमा उच्चस्तरीय नेताहरू समेतको संलग्नता छ भनेर प्रहरीले प्रतिवेदन दिएको थियो । हुन त सुशासनको बारेमा, भ्रष्टाचार नियन्त्रणको विषयमा प्रतिबद्धता जनाइरहनुभएको थियो । तर उहाँकै अगाडि टेबलमा भएको त्यो सुन तस्करीको फाइलबारे उहाँले निर्देशन नदिँदा हामीलाई शंका लागेको हो । त्यहीकारण हामीले उच्चस्तरीय छानबिन समिति गठन गरौँ भनेर प्रस्ताव गरेका हौँ ।’

उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि समेत प्रश्न रहेको बताउँदै बयान कसले लिन्छ? भन्दै प्रश्न गरेका छन्।

‘गृहमन्त्रीजी तपाईको फिल्ड कमिसार को छ ? फिल्ड कमिसारले तपाईंको आदेश मानेको छैन कि फिल्ड कमिसारको सूचना तपाईंले भेरिफाइ गर्नुभएको छैन ?’ भट्टराईले सोधे, ‘गृहमन्त्रीसँग कसले बयान लिन्छ, सीर्आबीले लिन्छ, राजस्व अनुसन्धानले लिन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।