एमालेको टिप्पणी : सरकारकै मान्छे मुछिने डरले छानविन समिति बनाउन सरकार तयार नभएको

समाचार शेयर गर्नुहोस्

काठमाडौं ,२४ साउन

नेकपा एमालेका सचिव गोकर्ण विष्टले नेकपा एमालेले सुन कान्डमा उच्चस्तरीय छानविन समितिको माग गरेपनि सरकारकै मान्छे मुछिने डरले सरकार तयार नभएको बताएका छन्।

उनले भने,’सरकार उच्चस्तरीय छानविन समिति बनाउनका लागि तयार देखिँदैन। छानविन समिति बनाइयो भने कहीँ सरकारको उच्च तहमा रहेका व्यक्तिहरू शंकाको घेराभित्र तानिने हुन कि! खोज्दै जाँदा उनीहरूमाथि यो समस्या आइलाग्ने हो कि भन्ने त्रासको कारणले पनि हुन सक्छ सरकार तयार देखिँदैन।’

एमाले गण्डकी प्रदेश कमिटी प्रचार तथा प्रकाशन बिभागको आयोजनामा बुधबार भएको पत्रकार सम्मलेनमा वर्तमान सरकार जनताको प्राथामिकता पूरा गर्न सक्षम नभएको टिप्पणी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।