एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठक आज पनि स्थगित

समाचार शेयर गर्नुहोस्

काठमाडौँ,२४ साउन

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित भएको छ।

आज (बुधबार) प्रतिनिधिसभा बैठकमा पनि एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न माग गर्दै अवरोध गरेको हो । एमालेको अवरोधपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक साउन २६ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन् ।

एमालेको अवरोधका कारण संसद् बैठक लगातार अवरुद्ध हुँदै आएको छ। एमाले सांसदले उच्चस्तरीय छानबिन गर्न गर्न माग गरिरहेका छन् भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेकाले उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको सरकारको धारणा छ।

एक क्न्टिल सुन तस्करीको छानविन गर्न उच्चस्तरीय आयोग बनाउन एमालेले माग गरिरहेको छ । तर, सरकारले भने उक्त आयोग बनाउन सहमति देखाएको छैन । यही विषयमा विरोध गर्दै एमालेले संसद अवरोध गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको