काठमाडौँ,२६ साउन
राष्ट्रिय सभाको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दुवैले आसनबाट उठेर विरोध जनाएपछि बैठक स्थगित भएको छ।
शुक्रबार बसेको बैठकको सुरुमै सांसदहरुले समसामयिक विषयमा धारणा राखेका थिए । तर बैठक कार्यसूचीमा प्रवेश गर्ने बेला भने नेकपा एमालेले आसनबाट उठेर बैठक अवरोध गरेपछि सत्ता पक्षका सांसदहरुले पनि बैठक सञ्चालन हुनुपर्ने भन्दै विरोध जनाएका थिए।
दुवैपक्ष उभिएपछि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले बैठक स्थगित गरेका हुन् । अर्को बैठक साउन ३१ गते बस्नेछ ।
एमालेले तस्करीको सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।