मन्त्रीपरिषद् हेरफेरको तयारीमा प्रचण्ड, जनमतकी अनिता देवी मन्त्री बन्दै

समाचार शेयर गर्नुहोस्

काठमाडौँ,२८ साउन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन्। जनमत पार्टी सरकारमा सहभागी हुने भएपछि प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद हेरफेर गर्न लागेका हुन् ।

प्रचण्डले जनमत पार्टीकी सांसद अनिता देवी साहलाई आज मन्त्री नियुक्त गर्ने तयारी भइरहेको छ।जनमत पार्टीले मन्त्रीका लागि यसअघि नै सांसद अनिता देवी साहलाई ​​​​​सिफारिस गरिसकेको छ।

जनमत पार्टीलाई सरकारमा ल्याउनका लागि प्रचण्डले हाल मन्त्रिपरिषद्मा रहेका माओवादी केन्द्रकै मन्त्रीलाई हटाउन लागिएको पनि बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।