काठमाडौं,२८ साउन
नेकपा (एमाले)ले आज संसद् अवरोधबारे विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
एमाले केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा दिउँसो १२ः४५ बजे पत्रकार सम्मेलन आयोजना गरिएको बताइएको छ।
कार्यक्रममा समसामयिक राजनीतिक घटनाक्रम, संसद्को गतिरोध लगायतका विषयमा पार्टीले औपचारिक धारणा सार्वजनिक गरिने बताईएको छ।