एमालेलाई सरकारको भन्दा देशको चिन्ता छ : अध्यक्ष ओली

समाचार शेयर गर्नुहोस्

काठमाडौँ,२८ साउन

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको प्राथमिकता सरकारमा जानु नरहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय ललितपुर च्यासलमा आइतबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले भने – ‘सुन तस्करीको हल्ला चलाएर एमाले सरकारमा जान खोजेको त होइन भन्ने हल्ला छ । तर, ‘एमालेलाई सरकारमा रुचि होइन । चिन्ता सरकारको होइन, देशको हो । देशको अर्थतन्त्रको हो।’

उनले अगाडि भने ‘एमालेलाई अहिले सत्ता मोह, सत्ता लोलुपता छैन । हामीलाई सत्तातिर हेर्नु पनि छैन । तर, यसको अर्थ सरकारले हामीले हेरेको छैन भनेपछि ‘ए ढुक्कै रहेछ नि त जे गरे पनि हुन्छ’ भन्ने कुरा चल्दैन । जे पनि गर्न पाउँदैन।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको