काठमाडौं,२९ साउन
पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू नभागेको प्रष्टीकरण दिएका छन् ।
सोमबार युरोप भ्रमण छोट्याएर फर्केका नेता नेपालले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालले आफूले कुनै बदमासी नगरेको र भाग्ने खालको मान्छे नभएको बताएका हुन्।
अध्यक्ष नेपालले भने,‘कतिपयले माधव नेपाल भाग्यो भनेर लेखे। माधव नेपाल भाग्ने खालको मान्छे हैन भन्ने बुझ्नुपथ्र्यो। राजाले गिरफ्तार गर्न खोज्दा त भाग्ने मान्छे हाेइन। कुनै गल्ती अपराध बदमासी नगरेको, भ्रष्टाचार नगरेको सन्दर्भमा पूर्वनिर्धारित कार्यक्रममा जाने अवस्था बन्यो म गएँ। कानूनको प्रक्रिया अन्तर्गत सबै कार्यक्रममा भाग लिएर फर्किउँला भन्ने थियो। केहीकेही ले त माधव नेपाल भागे लुकेर बसेका छन्। फर्किने हिम्मत छैन। म बोल्दिनँ चुनौतीको सामना गर्छु,’