२० असोज, काठमाडौं । गाजापट्टीबाट व्यापक मात्रामा रकेट हमला भएपछि इजरायली सेनाले पनि जवाफी हमला सुरु गरेको छ ।
आफ्नो इलाकामा रकेट आक्रमण भएको र हमास विद्रोहीको घुसपैठ पनि भएकोले जवाफी कारबाही थालेको इजरायली सेनाले बताएको छ ।
इजराइली प्रतिरक्षा फौज आईडीएफले दक्षिण र मध्य क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित क्षेत्रको नजिक रहन र गाजा वरपरका बासिन्दालाई सुरक्षित अवस्थामा रहन निर्देशन पनि दिएको छ ।
‘यस आक्रमणको पछाडि हमासको हात रहेको छ र उसले हमलाको परिणाम र जिम्मेवारी बहन गर्नेछ,’ आईडीएफले विज्ञप्तिमा भनेको छ ।
इजरायल प्यालेस्टाइन क्षेत्रमा इजरायलको सेना र प्यालेस्टाइन लडाकूबीच सधैंजसो लडाईं हुने गरेको छ ।