नागरिक बचाउ महाअभियान चितवनको सुभकामना आदानप्रदान तथा समिति निर्माण कार्यक्रम सम्पन्न

समाचार शेयर गर्नुहोस्

चितवन

दुर्गा प्रसाई को संयोजकत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, सस्कृति र नागरिक बचाउ महाअभियान चितवन ले तिहार, छठ र नेपाल सम्बत् ११४७ को अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

साथै उक्त कार्यक्रममा अभियान को समिति निर्माण पनि गरिएको छ । अभियान्ता मेगराज पौडेल को नेतृत्व मा ३१ सदस्यिय कार्यसमितीको चयन गरिएको छ । सोहि कार्यक्रम मा अभियान्ता सन्जु जिसि को नेतृत्व मा युवा दस्ता पनि घोषणा गरिएको छ ।

उक्त कार्यक्रमको प्रमुख आतिथ्यतामा नागरिक बचाउ महाअभियान केन्द्रीय अध्यक्ष मण्डलका सदस्य इशा खण्का ले गर्नुभएको थियो भने चितवन राप्रपा उपाध्यक्ष जिबलाल पुरी, साझा पार्टी का पुर्ब अध्यक्ष भुपेन्द्र बस्नेत, शैक्षिक अभियान्ता अमर पराजुलि, नागरिक बचाउ महाअभियान चितवन का इन्चार्ज नबिन गैरे र बिश्व हिन्दु महासंघ चितवनका अध्यक्ष प्रेम गैरे ले बिशिष्ट अतिथी को रुपमा चियापान कार्यक्रममा शुभकामना आदानप्रदान गर्नु भएको थियो ।

तस्बिर सहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।