सेयर बजारमा २६.१४ अंककाे गिरावट

समाचार शेयर गर्नुहोस्

काठमाडाैं, १४ साउन

आज (आइतबार) पनि सेयर बजार घटेर राताम्मे भएको छ । आज नेप्से २६.१४ अंकले घटेर दुई हजार एक सय दशमलब ३४ विन्दुमा बन्द भएको हो ।

यस दिन २ अर्ब ५० करोड २८ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १८ कम्पनीको शेयरमूल्य बढेको छ भने १८९ कम्पनीकोे शेयरमूल्य घटेको छ । १० वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज सबैभन्दा बढी मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६ प्रतिशत भन्दा बढीले घटेको छ ।

नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज १४ करोड ७८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको