राष्ट्रनिर्माता पृथ्विनारायण शाहको तस्बिर नोटमा राखौ ।- सुर्य थापा

समाचार शेयर गर्नुहोस्

काठमाडौं ।

नेकपा एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले नोटमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्न प्रस्ताव गरेका छन् ।

सोमबार अर्थ समितिमा बजेट माथिको छलफलमा भाग लिँदै उनले राष्ट्र एकीकरण गर्नेको तस्बिर नोटमा राखिनुपर्ने बताएका हुन् ।

उनले आफू राजावादी नभए पनि नेपालको एकीकरण गर्ने व्यक्तित्वको तस्बिर नोटमा राख्नु उचित हुने बताए । उनले पृथ्वीनारायण शाहको तस्बिर नोटमा राखेको खण्डमा इज्जत बढ्ने पनि बताए ।

उनले नेपालमा जन्मिएको बुद्धको फोटोसमेत नोटमा राख्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।